अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आत्मनिर्भरताको बलियो आधार सहकारी भएकोले सहकारीमा गोलबन्द्ध हुन सबैलाई आग्रह गरेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्वर ७ खाँचीकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले सहकारीबाट आवश्यकता अनुसार लगानी गरी व्यक्तिलाई स्वरोजगार बनाई दैनिक जीवनमा जीविकोपार्जनको लागि सघाउ पुर्याउने गरी आत्मनिर्भरता काम गर्ने सकिने, बेरोजगार अन्त्य भई समृद्धिको यात्रा तय गर्न सकिने भएकोले सहकारीमा गोलबन्द्ध हुन आग्रह गर्दै सन्धिखर्क नगरपालिकाले दिसाहिन लक्ष्यहिन सहकारीको पहिचान गरी गुणतात्मकमा भन्दा मात्रात्मकमा जोड दिने बताए।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले सहकारी उत्पादनमुलक क्षेत्रमा लागि सहकारीको पहिचान गनुपर्ने बताउदै नगरमा रहेका धेरै सहकारीलाई मर्ज गरेर व्यबस्थित सबैको साझेदारी संस्था बनाउनको लागि नगरले ठोस निति ल्याउने बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल सन्धिखर्क नगरपालिका वडा नम्वर ७ का अध्यक्ष चुरा बहादुर केसी, २ का अध्यक्ष मोतिजङ्ग रायमाझी, लगायतका बक्ताले मन्तब्य राख्दै सहकारी उत्पादनमुलक क्षेत्रमा लागि परिमाणमा आउने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा शेयर सदस्य चन्द्रा गैरेले सहकारीले सबैको साझेदारीमा राजनैतिक हस्तक्षेप विना काम गर्नुपर्ने बताइन् । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड नरपानी प्रमुख सरस्वती आचार्यले सहकारी सबैको साझेदारी संस्था भएकोले यसलाई सबैको साझेदारीमा अपन्तत्व हुने गरी चलाउनुपर्ने बताइन् ।
कार्यक्रममा ७० बर्ष उमेर नाघेका २ जना शेयर सदस्य समुह न २० का टोप बहादुर खत्री , समुह न ९९ का चोपनारायण भुसाललाई नगद ५ हजार सहित प्रमाणपत्र खादा ओडाएर सम्मान गरिएको थियो भने उत्कृष्ट उधमीलताको पहिचान बनाएका फुदबाङ्ग फुटी तथा बागबानी फर्मका सञ्चालक मेघ बहादुर भट्टाराई , च्याउ खेती तर्फ केशब चुदाली क्षेत्री पशुपक्षि तथा पोल्टी फर्मका सञ्चालक सिता खत्री कोभिड १९ कृषि तथा पशुपक्षि फर्म सञ्चालक रिता भट्टाराई हर्राचौर बाख्रा फर्म सञ्चालक मिना नेपाली लगायतका कृषकलाई नगद प्रमाणपत्र खादा सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका कावा अध्यक्ष पद्यलोचन आचार्यले बार्षिक प्रगति प्रतिबेदन पुस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक गोपाल प्रसाद भट्टाराई आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो संस्थाले विगत लामोसमय देखि आलु मिसन कार्यक्रम , बिउ विजन वितरण,सामाजिक सामुदायिक काम , राहत तथा अनुदानका कार्यक्रम पशु विमा कार्यक्रम , ऋण विमा , तालिम तथा गोष्ठी लगायतका कार्यक्रम गदै आएको छ भने आगामी योजनाको रुपमा सहकारीले कोपोमिस प्रणालीमा आबद्धता , निश्कृय समुहलाई सकृय बनाउने,पशु विमा कार्यक्रम प्रमाबकारी रुपमा अगाडि बढाउने , ऋण अनुगमन र निरिक्षण उपसमिति नया बनाउने,सहकारी समायोजनका लागि अन्तरकृया गर्ने , रासायनिक मलखाद लगायतका विउ विजन वितरण कार्यक्रम मृत्यु राहात जन्म राहात असाध्य रोगीहरुका लागि सहयोग , वित्तिय साक्षरता तालिम सञ्चालन, व्यबसायिक कृषकलाई अनुदान, संरक्षित पुजीकोष फिर्ता अबलोकन भ्रमण, पुरस्कार तथा सम्मान ,दुर्घटना विमा ,स्पेशल व्यबसायिक ऋण लगानीका कार्यक्रमलाई आगामी योजना , कार्ययोजना र रणनितिको रुपमा अगाडि सारेको छ । संस्थामा हाल २४३ समुह १३४६ शेयर सदस्य रहेका छन् । भने संस्थामा झण्डै साढे १४ करोड रुपैया कुल पुजि रहेको पाईन्छ ।
कार्यक्रम सहकारीका का वा अध्यक्ष पद्यलोचन आचार्यको अध्यक्षता सञ्चालक सदस्य नारायण पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थाका प्रवन्धक विष्णु प्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेबी , शेयर सदस्य विभिन्न संघसस्था प्रमुख तथा प्रनितिधि , सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
