spot_img
spot_img

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै

एजेन्सी । नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् ।

पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् ।

Workplace

चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा काठमाण्डौ, पोखरा, फार वेस्ट, जनकपुर, विराटनगर र लुम्बिनी गरी ६ टोली सहभागी छन् ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?