अविजित पन्थी,
बुटवल । सामाजिक सेवा समुह फाउन्डेसन नेपाल, बुटवलद्वारा न्यानो कपडा वितरण गरीएकाे छ ।
१५ गते शुक्रबार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास रहेको जितेश्वरी माध्यमिक विद्यालयका ३३ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकाे हाे ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन हुम बहादुर रानाकाे प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा सामाजिक सेवा फाउन्डेसन नेपाल बुटवल शाखा सचिव मदन सम्राट पोख्रेलकाे सञ्चालन, SSSFN संस्थाकी सदस्य मनिषा पौडेलकाे स्वगत मन्तब्य र विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीको रहेको थियो ।
मन्तब्य राख्दै प्रमुख अतिथि बिद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा संस्थालाई धन्यवाद र शुभकामना दिएका थिए ।मन्तब्यकै क्रममा संस्थाका सदस्य प्रविन आचार्यले संस्थाको बारेमा साथै संस्थाले गर्ने कार्यक्रम सँगै न्यानो कपडा अभियानको बारेमा आफ्ना भनाइ गरेका थिए ।
