spot_img
spot_img

अर्घाखाँची : छात्रामाथि शिक्षकबाटै यौन दुर्व्यवहार

अर्घाखाँची । पछिल्लो समय समाजिक सन्जालमा देखिने र पढिने घटनाजस्तै विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको अर्घाखाँचीको एक घटना सार्वजनिक भएको छ । शिक्षकले नै ज्यादती गर्न थालेपछि छात्रा आफैले प्रतिरोध गर्दा घटना सार्वजनिक भएको छ ।

उनले विद्यालय प्रशासन वा अन्य शिक्षिकाहरुलाई घटनाको बारे बताउदा महिला शिक्षिकाबाटै स्वाभाविक रुपमा पाउनुपर्ने समर्थन भने पाइनन् ।

Workplace

घटना हो, सन्धिखर्क नगरपालिका वडा नम्वर ७ को आदर्श माध्यमिक विद्यालय खाँचीकोटको ।

आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा अध्यापन गराउने एक शिक्षकद्वारा आफ्नै बिद्यालयमा अध्ययनरत १५ वर्षीय छात्रा विद्यार्थीलाई दुर्व्यवहार गरेको भनि सामाजिक संजालमा सार्वजनिक भएको छ ।

कसरी भयो त घटना ?

पौष १२ गते मङ्गलबार बिहान १० बजे विद्यालयको शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका कक्षा ६ देखी १० सम्मका ४०/४५ जना विद्यार्थिहरु पाणिनी गाउँपालिका दुर्गाफाँटमा पुगे । भ्रमण तथा पिकनिक कार्यक्रम सकेपछि उनीहरु घर फर्किन त्यहाँबाट हिडे । शिक्षकसँगै बसेकी छात्रालाई मौका छोपि ती छात्रा बिद्यार्थीको शरिरमा हात सलवलाउन थाले । उनले सरको छुने तरिका खराव भएको महशुस गरेपछि उनले प्रतिकार गरिन् तर उनी केही बोलेनन् ।शिक्षकले पुनः त्यहि हर्कत दोहोराएर अनामिका(परिवर्तित नाम) को संवेदनशील अंगहरु छुन खोजे ।

त्यसपछि अनामिकाले प्रतिकार गरिन् र अन्य शिक्षिकाहरुलाई बताईन शिक्षिकाहरुले केहि होईन सामान्य रुपमा लिन भने । उनलाई गरेको दुर्व्यवहार अन्य विद्यार्थीले समेत देखेको भनेपछि त्यसबारे अर्को दिन बैठक बसेर सल्लाह हुने भनि सबै आ–आफ्नो घर तर्फ लागे ।

प्राप्त जानकारी अनुसार उक्त घटना ढाकछोप गर्न खोजिएको पीडित पक्षको दाबी रहेको छ । यता सन्धिखर्क नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने घटनाबारे कुनै जानकारी तथा उजुरी नआएको बताएका छन् । घटनाबारे हामी दुबै पक्षलाइ राखेर बुझिरहेका छौ आवश्यक कानुनी प्रक्रियामा जान्छौ प्रधानाध्यापक डिल्लिराज थापाले समाचारपाेष्ट डटकमलाई जानकारी गराएका छन् ।

पीडित भनिएकी विद्यार्थिसंगै अन्य विद्यार्थीहरुलाई समेत त्यस्तै खालको ब्यवहार गर्ने गरेको सोहि विद्यालयमा अध्ययनरत एक छात्रा बताउछिन् । उता शिक्षक भने आफुले त्यस्तो नगरेको बताउदै आरोप अस्विकार गर्छन् ।

शिक्षक र विद्यार्थीबीच निकट सम्बन्ध हुन्छ । विद्यार्थीले घरपछि धेरै समय विद्यालयमा बिताउँछन् । शिक्षकप्रति उच्च सम्मान र विश्वास हुन्छ । तर तिनै शिक्षकबाट नै मैले जे गरे पनि बोल्न सक्दैन भन्ने नियत राखेर दुर्व्यवहार भइरहेको छ ।

के भन्छ कानुन ?

विद्यालय तहमा हुने हिंसा अन्त्यका शिक्षा विभागले ‘गुनासो सुनुवाइ कार्यविधि, २०७४’ ल्याएको छ । विद्यालयमा, विद्यालय आउँदा–जाँदा र समुदायमा बालबालिकामाथि हुने वा हुन सक्ने भेदभाव, शारीरिक, भावनात्मक तथा यौन दुर्व्यवहार, शोषण, लैंगिक हिंसा शारीरिक वा मानसिक दण्डसजाय, बुलिङलगायत जोखिमको निर्धारित संयन्त्र, विधि र प्रक्रिया अनुरुप न्यूनीकरण गर्नु यो कार्यविधिको मुख्य उद्देश्य हो ।

कार्यविधिअनुसार हरेक विद्यालयले गुनासो सुनुवाइ पेटिका राख्नु र गुनासो सुनुवाइ समिति गठन गर्नुपर्नेछ । समितिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको महिला सदस्यरसंस्थागत तथा वैकल्पिक विद्यालयको हकमा संस्थापक, गुठियार वा निजले तोकेको प्रतिनिधि संयोजक, विद्यालयको प्रधानाध्यापक, शिक्षक अभिभावक संघको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, विद्यालय बालक्लब वा सो नभए विद्यार्थीले आफूहरुमध्येबाट छनोट गरिएका विद्यार्थी प्रतिनिधि दुईजना (छात्र र छात्रा) सदस्य सम्बन्धित गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिले तोकेको सम्बन्धित वडाको महिला सदस्यरसंस्थागत विद्यालयको हकमा अभिभावकको प्रतिनिधि एक जना, गुनासो सुन्ने शिक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले प्रकृतिको आधारमा गुनासो वर्गीकरण गरी स्थानीय प्रहरी, गाउँपालिका वा नगरपालिकाको न्यायिक समिति, स्थानीय तहको महिला तथा बालबालिका विषय हेर्ने शाखा वा सम्बन्धित अन्य निकायसमक्ष पठाउनुपर्छ ।

विद्यालयमा भएका यस्ता समितिहरुले सकेसम्म आन्तरिक रुपमा मिलाउने गरेको सार्वजनिक भएका घटनाहरुले देखाउँछन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (25%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?