शिव अखेलिको “घर कता” बोलको गित सार्वजनिक भएको छ ।
यस अघि उनको भिर्नि झोलामा, ढुङ्गेधारा, माछा पोखरी, घासेमैदान बोलका गीत निकै चर्चा कमाउन सफल भएका थिए । अखेलि अहिले युरोपको प्रोचुगलमा सपरिवार सहित बस्छन् ।



“घर कता” बोलको गितमा सर्जक शिव अखेलीले लय तथा शब्द सिर्जना गरेका छन्, भने गीत सबैलाई नचाउने खालको रहेको छ । शिवले निकै चोटीला शब्द गीतमा सिर्जना गरेका छन् । गीतमा माया प्रेमको कुरा उठाइएको छ ।
गितमा कृष्ण अखेलि र नविना सुवेदीले आवाज दिएका छन् भने कुमार केसीले गीतको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन् ।
भिडियाे हेर्नुहाेस्
