अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ८ पालिमा प्रहरी चौकी भवनको शिलान्यास गरिएको छ ।
जिल्लाको पाणिनि गाउँपालिका वडा नंम्बर ८ को पालिमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।



भवनको पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रूपमा सिलन्यास गरेका थिए ।
संघिय सरकारको नियमित बजेट अन्तरगत कुल २ करोड ९९ लाखमा सम्झौता गरि अर्जुन बिल्डर्स कन्ट्र्क्सन प्राली गुल्मीले भवन निर्माणको जिम्मा लिएको छ ।
