प्युठान । प्युठानमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब स्थानीय तहमै हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानले एक सूचना जारी गर्दै अब स्थानिय तहमै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु भएको जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको आवश्यकता समयक्रमसँगै बढ्दै गइरहेको र सो अनुरूप सेवाग्राहीहरुको मागसमेत बढीरहेको बेला विवरण दर्ताको लागि सेवाग्राहीहरुको भिडभाड बढीरहेको बताउदै सेवाग्राहीहरुको सुविधा, स्थानीय तहको माग तथा कोभिड – १९ संक्रमण पूर्वसतर्कता समेतलाई ख्याल गरि २०७९/०९/१७ गतेदेखि सम्बन्धित स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र विवरण दर्ताको व्यवस्था मिलाइएको जनाइएको छ ।
