अम्बिका श्रेष्ठ,
सन्धिखर्क । जसको कोहि हुदैन उसको संरक्षण भगवानले गर्दछ भने झै अहिले सन्धिखर्क नगरपालिका वडा नंम्बर ०१ ले थोरै भए पनि अभिभावकत्व निभाएको छ ।
सन्तानको लागी आमा बुवा जति प्रीय त को बन्न सक्छ र तैपनि वडा कार्यालयले गरेको यो कार्य अत्यन्तै सराहनिय छ । सन्धिखर्क १ भित्रका आमाबुवा दुबै नभएका बालबालिकाहरुलाई अध्ययन गर्न र विद्यालय सुचारु गरुन् भन्ने उद्देश्यले ले शैक्षिक सामग्री तथा पाठ्यपुस्तक वितरण गरेको हो ।

कार्यक्रम माधव श्रेष्ठ को अध्यक्षता , नगरपिता कृष्ण प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यता नगर उपप्रमुख मिश्रा आचार्य को विशिष्ट आतिथ्यता रहेको कार्यक्रम बाबुराम पन्थिको स्वागत मन्तव्य र सन्धिखर्क नगरपालिका वडा नम्बर १ का सचिव धर्मराज भुसालको सन्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा सुन्तली श्रेष्ठ, भगवती पाण्डे, श्रीधर मुखिया, पत्रकार अबिका श्रेष्ठ, प्रमोद बन्जाडे लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको उद्धघाट्न प्रमुख अतिथि नगरप्रमुख कृष्ण श्रेष्ठले ब्यानर बाचन गरि,गरेका थिए ।
