प्रकाश प्युठानी,
अर्घाखाँची । पाणिनी गाउँपालिका वडा न ६ धातिवांगको वार्षिक कार्यक्रम अन्तरगत वडा भित्र रहेका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुलाइ १ महिने कम्प्युटर तालिम दिन शुरु गरिएको छ ।
आज वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच तालिमको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले उद्घाटन गगरेका हुन् । कार्यक्रको उद्घाटन गर्दै अध्यक्ष पौडेलले निर्वाचनका बेला आफुले अगाडी सारेको एक शिक्षक एक कम्प्युटर कार्यक्रमलाई प्रभावकारि बनाउन तालिम कार्यक्रम संचालनको योजना अगाडि सारेको बताए ।

आजको प्रविधियुत्त समाजमा कम्प्युटरको सिप विना सेवा प्रवाह जनमुखि र दुर्तगतिमा हुन नसक्ने कुरालाई नजर अन्दाज नगरि सिप ब्यावहारमा उतार्ने गरि दक्षता हासिल गर्न सहभागिहरुलाई अध्यक्ष पौडेलले अनुरोध समेत गरेका छन्।
कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरु खगिस्वर पौडेल, हरि प्रसाद पौडेल, पुनिकुमारी कामी, धातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्याप हिमलाल पौडेल, धातिवाङ स्वस्थ्य चौकीका प्रमुख मित्रदेव पौडेल, अमर आधारभुतविद्यालयका प्रधानाध्याप हिमलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका शिक्षक ओम प्रकाश घिमिरे, कालिका आधारभुत विद्यालयका प्रधानाध्याप गोविन्द पौडेल पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानि, प्रशिक्षक कृष्ण प्रसाद गैरे तथा प्रशिक्षर्थिको उपस्थिति रहेको थियो ।
कार्यपालिका सदस्य पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा धातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्याप हिमलाल पौडेल, पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानि लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालक वडा कार्यालयका कर्मचारि इन्द्रमनी पौडेलले गरेका थिए ।
आजदेखि शुरु भएको तालिम माघ १८ सम्म रहने वडा कार्यालयले जानकारि दिएको छ । तालिममा २६ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।
