spot_img
spot_img

गुल्मी : रेसुङ्गा नगरपालिकामा ५९ वर्षीय महिलाको शव फेला

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका-५ सिलेखेत पनाह खोलामा एक महिलाको शव फेला परेको छ।

रेसुङ्गा नगरपालिका–६ लप्सीकी ५९ वर्षीय कमला खड्काको शव फेला परेको प्रहरीले जनाएको छ।

Workplace

खड्का शनिबार दिउँसो ३ बजे माइत जान भनी घरबाट हिँडेकी थिइन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तमघासमा राखिएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?