काडमाडौं । इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले आइतबार नयाँ मूल्यसूची पठाएको छ।
आइतबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार मट्टितेलबाहेक अन्यको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।

पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा प्रति लिटर २.९५ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको बढेको र मट्टितेलमा केही घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँ घाटा भई पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ९९ करोड नाफा हुने अवस्था निगमले जनाएको छ।
निगमले ईण्डियन आयल कर्पोरेशलाई जनवरी ८ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी अझै पनि करिब १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।
