दाङ । लुम्बिनीकाे प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।प्रदेश सभाको नवनिर्मित भवन दाङको देउखुरीमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा पाैष १७ गते आइतवार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुलाइ शपथ गराएका थिए ।
