spot_img
spot_img

अर्घाखाँची : गहना लुट्ने उदेश्यले एक महिलाको हत्या

हत्याको आरोपमा एक भारतिय नागरिक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराकि ६० बर्षिय राधा थापाको गहना लुट्ने मनसायले हत्या भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Workplace

हत्याको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतिय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारत घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नंम्बर १० स्थित चोखोरकि एक महिलासंग विवाह गरि बसेका २३ बर्षिय सुशान्त सिंहलाई पक्राउ गरिएको हो ।

सुशान्तको शरिरमा रगत देखिए पछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुनको गर गहना लुट्ने उदेश्यले दूध लिन हिडेकी थापालाइ पछाडिबाट टाउकोमा ढुंगा र हसिया प्रहार गरि हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?