काठमाडौं।
बिश्व हिन्दु युवा संघ केन्द्रीय समितिको आयोजनामा बैठक तथा भेला हुने भएको छ। उक्त भेला यहि माघ १४ र १५ गते काठमाण्डौमा हुने भएको हो।
काठमाडौमा आयोजना गरिने उक्त बैठक तथा भेलामा विश्व हिन्दु युवा संघका सम्पुर्ण केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति रहने जनाइएको छ।

हामी इतिहासको गम्भिर मोडमा उपस्थित छौं, हाम्रो राष्ट्र र राष्ट्रियता मात्र होईन अन्तराष्ट्रिय शान्तिको अवस्था समेत संकटमा छ भन्दै त्यसका विषयमा गम्भीर छलफल हुने आयोजकले सूचनामार्फत बताएको छ। विश्व हिन्दु युवा संघले अबका दिनमा निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा पनि उक्त बैठकमा व्यापक छलफल हुने जानकारी विश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जङ्ग शाहद्वारा जारी सूचनामा उल्लेख छ
