spot_img
spot_img

सिर्जु अधिकारीको “आइया मार्यो” बजारमा (भिडियो सहित)

सांगीतीक क्षेत्रमा लोकप्रिय गायिका सिर्जु अधिकारी बिगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेकी छिन् ।

उनले अहिले सम्म थुप्रै गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाईलाई मझ्बुद बनाइसकेकी छिन् । केहि समय अगाडी मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलताका त्रिच उनले भर्खरै मात्र “आइय मार्यो” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

Workplace

निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिब हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ ।

भिडियोमा लोकप्रिय हाँस्य कलाकार सागर लम्साल “बले” र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । “आइय मार्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका छन् । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो ।

भिडियोमा छायांकन नबराज उप्रेतीको रहेको छ भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहाेस्

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?