अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ ।
बुधवार जिल्लाको शितगंगा नगरपालिका वडा नंम्बर २ सितापुरमा भालुको आक्रमणबाट स्थानीय ८० वर्षका रामबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार शितगंगा नगरपालिका २, ओखरी बस्ने राम बहादुर क्षेत्री आफ्नो घर देखि झिरा जादै गर्दा रानी सामुदायिक वनमा एक्कासी भालु आई उनलाई टोकी घाईते बनाएको थिए । घाईते भएका क्षेत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको थियो ।
साथै विगतका दिनहरुमा पनि जंगलि जनावरले आक्रमण गर्ने गरेको पाइएको र आउँदा दिनहरुमा पनि पुनः आक्रमण हुनसक्ने भएको हुँदा उक्त सामुदायिक वन तथा अन्य क्षेत्रहरुमा एक्लै नहिड्न तथा हिड्नुपरेमा सावधानि अपनाइ सजक रहि हिडडुल गर्न समेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ ।
