बिपि न्यौपाने
अर्घाखाँची । शितगंगा नगरपालिकाका हरेक वाड स्वास्थ चाैकिमा अल्ट्रासाउन्ड कार्यक्रम सुरु भएको छ ।
बिहिबार देखी शितगंगा नगरपालिकाको स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्यकेन्द्र ठाडा र वडा कार्यालयको सहयोगमा गर्भवती महिलाहरुका लागि अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ ।

बिहीवार शितगंगा नगरपालिका वडा नं. ४ को भेडामारामा सो कार्यक्रम सॅचालन गरी १३ जना गर्भवती महिलाहरुको स्वास्थ्य जॅाच गरिएकाे छ । यसैगरि प्रत्यक वडाहरुमा नागरिक हेरचाह कार्यक्रम सॅचालन हुने भएकाे छ ।
