spot_img
spot_img

सहिदहरुको सम्झनामा जनमत पार्टीले रुपन्देहीमा मनायो बलिदानी दिवस

रुपन्देही । सहिदहरुको सम्झना गर्दै जनमत पार्टीले रुपन्देहीमा बलिदानी दिवस मनाएको छ । विहिबार रुपन्देहीका विभिन्न स्थानहरुमा कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाईएको हो । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा दिप प्रज्वलनको साथै श्रद्धाञ्जली सभाको समेत आयोजना गरियो । कार्यक्रममा पार्टीका राष्ट्रिय सचिव यादवले अमर सहिदहरुको सम्झँना गर्दै मधेशी जनताहरु एकजुट भएर आफ्नो अधिकार स्थापित गर्नको लागि काम गर्नुपर्ने बताए ।

सहिदहरुको संघर्ष र बलिदानबाट जनतामा पुगेको अधिकारलाई गलत ठाउँमा प्रयोग गरेको बताउँदै यादवले मधेशी जनताले पुरानै शासक वर्गको पार्टी एमाले ,कांग्रेस ,माओवादी जस्ता पार्टीहरुलाईनै चुनावमा विजय बनाएको बताए । जनमतका प्रभावशाली नेताको रुपमा रहेका यादवले अब जनताले आफ्नालाई पहिचान गरेर शासक वर्गलाई होईन जनताको पार्टी जनमत पार्टीलाई बिजय बनाउँनु पर्ने धारणा राखे ।जनमत पार्टी मात्रै मधेशी जनताको हक अधिकारका लागि निरन्तर काम गर्ने पार्टी भएकाले शासक वर्गको पार्टी छाडेर सबै मधेशी समुदायलाईनै जनमत पार्टीको अभियानमा जोडिन यादवले आग्रह गरे ।

Workplace

सोही अबसरमा जनमत पार्टीका नेता तथा शैक्षिक व्यक्तित्व रामदेव यादवले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बलिदानी दिवसको अबसरमा प्रतिनिधी सभाको रोष्टमबाटै मौन धारण गरेको प्रति प्रशंसा गर्दै बलिदानी दिवसको अबसरमा सहिदहरुको सम्मान गर्दै मधेश प्रदेशमा मात्र नभई देशैभर सार्वजनिक विदा दिनुपर्ने बताए ।संसदमा डा.राउतले मौन धारण गर्दा समेत कुर्चीमै बसिरहने प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतका नेताहरुले मधेशी जनता प्रति दुव्र्यवहार गरेको आरोप यादवले लगाए ।

यस्तै , कार्यक्रममा बोल्ने बक्ताहरुले मधेशी जनताको समस्या अझै समाधान नभएकोले सबै एकवद्य भएर पुन संघर्ष गर्नुपर्ने बताएका छन् । मधेशी जनताले सम्मान पाउँन नसकेको , देशको नागरिक भएर पनि अझै नागरिकता पाउँन समेत नसकेको उल्लेख गर्दै वक्ताहरुले त्यसको अन्त्यको लागि जनमत पार्टीले निरन्तर काम गर्ने प्रतिवद्यता समेत व्यक्त गरेका छन् ।

भैरहवा–लुम्बिनी सडक खण्डको झुल्नीपुर चोकमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य रामकेश गुप्ता , केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज राजेन्द्र गुप्ता , जनमतका युवा नेता बिकास लोध लगाएतका नेताको मन्तव्य रहेको थियो । मधेश आन्दोलन लगायत देशका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउँने गरिएको छ ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?