रुपन्देही।
नेपाल शिक्षक सङ्घ , सैनामैना नगर समिति,रुपन्देहीको पाचौँ नगरप्रतिनिधि सभा तथा तेस्रो अधिबेशन आज भब्य रुपमा सम्पन्न भएको छ।
सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको अध्यक्षता सैनामैना नगरपालिकाका शिक्षक संघ अध्यक्ष केशव घिमिरेले गरेका थिए ।

आज सम्पन्न उक्त अधिवेशनबाट ओमप्रकाश पाण्डेयको नेतृत्वमा शिक्षक संघ सैनामैना नगर कार्यसमिति चयन भएको छ। त्यसैगरि उक्त कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद भुसाल,सचिवमा पवन पोखरेल रहेको नव निर्वाचित अध्यक्ष पाण्डेयले समाचार पोष्टलाइ जानकारी गराएका छन्।
नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशभरका स्थानीय तहहरुमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिकालाइ मुर्तरुप दिने क्रममा उक्त अधिवेशन सम्पन्न भएको हो।
