spot_img
spot_img

अर्घाखाँचीका उत्तम थापा मगर सहित यू-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

यूएईमा हुने आईसीसी यू–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्घाखाँचीका उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन्।

Workplace

टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापा मगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल थापा, राजेश यादव र निर्मल थापा छन्।

एसिया डिभिजन एक छनोटमा नेपालले हङकङ, यूएई, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?